बालुवाटार बसेको नेकपा बैठकले गर्यो यस्ता निर्णय, वामदेव गौतमलाई दिइयो नयाँ मान्छे


 


काठमाडौं, असोज २९

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टीको बैठकले दुइटा निर्णय गरेको छ । चाडपर्वको अवसरमा आयोजित चियापानको पूर्वसन्ध्यामा विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष वामदेव गौतमको कमिटी र उपनिर्वाचनमा उम्मेदवार छनोटबारे निर्णय लिएको हो ।

बैठकले वामदेव गौतमको नेतृत्वमा रहेको संगठन विभागमा तीन जना सदस्य अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो विभागको उपप्रमुखमा् जनार्दन शर्मा छन् । यससँगै वामदेवको कमिटी ५ सदस्यीय बनेको छ ।

त्यसैगरी बैठकले मंसिर १४ गते उपनिर्वाचनका लागि योग्य उम्मेदवारको नाम पठाउन मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ । आगामी कात्तिक १० गतेभित्र नाम पठाइसक्न भनिएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो । सो सिफारिसको आधारमा अन्तिम निर्णय केन्द्रले गर्ने छ ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्