विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे, यस्तो छ नवनिर्वाचित कार्यसमिति


 


काठमाडौं, असोज २९

विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी शिवप्रसाद थापालाई पराजित गर्दै पाण्डे ५८ प्रतिशत मत पाएर अध्यक्ष बने ।

निर्वाचनमा करिब ५ प्रतिशत मत नो भोटमा खसेको थियो । यसअघि अध्यक्ष उज्जवल थापाले राजीनामा दिएपछि चुनाव भएको हो । उज्जवले युवा नेतृत्वका लागि मार्गप्रशस्त गरेका थिए ।

नयाँ कार्यसमितिको महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्षको चुनाव भने आज हुँदैछ ।

विवेकशील नेपाली दलले योपटक विदेशमा भएका आफ्ना सदस्यहरुलाई अनलाइन भोटिङसमेत गराएको थियो । पार्टीको राष्ट्रिय सम्मेलन भने १ र २ कात्तिकमा हुने बताइएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्