एनआरएनको सचिवमा सुष्मा राईको उम्मेदवारी


 


काठमाडौं, असोज २९
गैैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिनु भएको छ । एनआरएनए आईसिसी सदस्य रहि सक्नुभएकी राई चुनावी मैदानमा उत्रिँदै खुला सचिवमा पदमा उम्मेदवारी दिनु भएको हो ।

तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गर्नुभएकी राई एनआरएनए वृत्त विश्वभर परिचित नाम हो । एनआरएनएका अन्तर्राष्ट्रिय नेताहरुसँग अध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, उपाध्यक्षका प्रत्यासी डा. बद्री केसी, धर्मराज अधिकारीलगायत उनका समकालिन हुन् ।

उनले यसअघि एनआरएनए युकेकी सचिव (सन् २०११ १३) भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नुभएको छ । राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुनुहुन्छ ।

एनआरएनए मार्फत समाजसेवामा उत्रिएकी राईले सिंगो प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगाउने योजना रहेको बताउनुभयो ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्