नेकपाको चियापानको कार्यतालिका यस्तो छ, कुन समयमा कसको पालो ?


 


काठमाडौं, असोज २९
आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चियापान कार्यक्रमको आयोजन गरेको छ । नेपाली चाडपर्वहरूको अवसरमा नेकपाले सदाझैं यस बर्ष पनि शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

काठमाडौँको भृकुटीमण्डपमा हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम १२ बजे देखि शुरु हुँदैछ । उक्त कार्यक्रममा १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई आमन्त्रण गरिएको छ ।

अपरान्ह ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसद्हरू, संवैधानिक अंगका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू,सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सेवा निवृत्त पदाधिकारीहरू, सामाजिक जीवनका विभिन्न विधा, पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्