‘जिउँदै मान्छे जलाएर मार्ने’ आलमबारे प्रदीप पौडेल भन्छन्, कांग्रेस भएकै आधारमा थुन्न पाइन्न


 


काठमांडाै २८ भदाै

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो पार्टीका सांसद अफताब आलमलाई पूर्वाग्रही ढंगले थुन्न नपाइने बताएका छन्। दोषी भए कानूनले कारवाही गरिहाल्ने भन्दै कांग्रेसको सांसद भएकै कारण पूर्वाग्रही ढंगले नथुन्न उनले ओली सरकारलाई चेतावनी समेत दिए। आलममाथि रौतहटमा १३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। उनीमाथि छानविन गर्न अदालतले अनुमति समेत दिइसकेको छ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पौडेलले यस्तो बताएका हुन्। अन्तर्वार्ताको अंशः
अफताब आलमलाई तपाईंहरु जोगाउन खोज्दैहुनुहुन्छ रे नि, कांग्रेसले किन यस्तो काम गर्छ ?
हामीले कसैलाई जोगाउने अथवा फसाउने भन्दा पनि उहाँ दोषी भए कारबाही हुनुपर्यो, निदोर्ष भए कांग्रेस भएकै आधारमा पूर्वाग्रही ढंगले थुनिनुभएन ।
उहाँद्वारा रौतहटमा यत्रो हत्या भएको होइन ?
त्यही त उहाँ दोषी भए कारबाही गर्नुपर्छ नभई पूर्वाग्रहरी ढंगले जथाभावी गर्न मिल्दैन भनेको ।
उहाँलाई अदालतले दोषी ठहर गरेको थियो नि ?

छानविन प्रक्रियालाई अवरोध गर्ने गरी कांग्रेसले हस्तक्षेप गर्दैन । कतैबाट अवरोध सिर्जना गर्दैन । निश्पक्ष छानविन हुनुपर्छ । दोषी ठहरिए हाम्रो मान्छे भए पनि कारबाही हुनुपर्छ । निर्दोष हो भने हाम्रो होइन भने पनि कारबाही गर्न मिल्दैन । त्यसैले कानुनी प्रक्रियाबाट यसलाई टुंग्याउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्