महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश


 


काठमाडौं, असोज २८

बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधिश दीपकुमार दाहालको ईजलासले महरालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

गत असोज १९ गते संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोप लागेपछि पक्राउ परेका उनको यसअघि अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन । तर मंगलबार ३ दिन म्याद थप गरिएको हो । जस अनुसार निवर्तमान सभामुख महरा शुक्रबारसम्म हिरासतमा रहने छन् । यो अवधिमा प्रहरीले उहाँसँग बयान लिनेछ । सो अवधिमा पनि अनुसन्धान नसकिए महरालाई फेरि अदालतमै उपस्थित गराएर म्याद थप गरिनेछ । यद्यपि फेरि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्