बालुवाटार जग्गा प्रकरणमा बल्ल बोल्यो एनआरएनए, भन्छ-हामी पनि ठगियौं
काठमाडौं, असोज २७
बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । एनआरएनएले बालुवाटारस्थित ललिता निवासको विवादास्पद जग्गा अञ्जानमा खरिद भएको जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गरेर नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा समस्या आएको एनआरएनएका महासचिव बद्री केसीले बताउँछन् । उनले भने संस्थाको नाममा जग्गा छ, ब्युरोक्रेसीबारे नजान्दा अहिले समस्या आएको हो’ ‘राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौं ।
उक्त जग्गा आफूहरुले पैसा तिरेर किनेको र लालपूर्जा संस्थाकै नाममा रहेको पनि उनको भनाई छ । बालुवाटारमा व्यक्तिको नाममा गरेको सरकारी जग्गाको केही अंश एनआरएनएले किनेको थियो ।
सरकारी जग्गा भन्ने जान्दाजान्दै एनआरएनए नेतृत्व पनि उक्त घोटालामा सहभागी भएको भनी आलोचना भइरहेका बेला एनआरएनएले त्यस विषयमा जानकारी नभएको बताएको छ । महासचिव केसीले भने ‘मुद्दा प्रक्रियामा छ, लालपुर्जा हामीसंग छ, अहिलेसम्म हाम्रै हो ।’ https://www.deshkonews.com/archives/78611
प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार