नेकपाका अर्का ठूलै नेताको यौनकाण्ड बाहिरियो !


 


काठमाडौं २७ भदाै परस्त्रीसँग अवैध सम्बन्ध राखेकै कारण तत्कालिन माओवादी कमाण्डर कृष्णबहादुर महराको हुँदाखाँदाको सभामुख पद गयो । त्यतिमात्रै होइन जेल समेत जानुपर्यो । चीनका खास मान्छे भनेर चिनिने महराले हालसालै नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्न नपाएकोमा अपसोच पनि जेलबाटै गरेका थिए । महराको यौनकाण्ड सबै नेताका लागि पाठ बनिरहेका बेला नेकपाका एक अर्का नेताको पनि यौनकाण्ड बाहिरिएको छ । उनको त परस्त्रीसँगको अश्लील सम्वाद नै बाहिरिएपछि कारवाहीको माग समेत उठेको छ ।

नेकपामा यौनकाण्डमा फस्ने अर्का नेता हुन रतन थापा । उनी अहिले कैलाली नेकपाका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभाका सदस्य हुन् । उनले आफ्नी प्रेमिका भनिने एक विवाहित महिलासँग ‘तिमीसँग हुनुपर्ने सबै भइसकेको छ अब फेरि कस्तो माया गर्ने?’ भन्दै प्रश्न गरेको र महिलाले ‘रक्सी खाएको बेला मात्रै याद गर्ने माया व्यवहारमा देखाउनु पर्यो’ भन्ने फोन सम्वाद अडियोमा भाइरल भइरहेको छ । थापा दुई श्रीमती र पाँच सन्तानका पिता हुन् । फोन सम्वादअनुसार ति महिला भने एक छोरी भएकी एकल महिला हुन् । उनको श्रीमान छैन । अष्ट्रेलिया बस्ने धनाढ्य महिला हुन् । यो सम्वाद थापा र महिलाबीच थापाका अर्का साथी (सँगै मदिरा सेवन गरिरहेका व्यक्ति)कै अगाडि हुन्छ । त्यतिमात्रै होइन साथीलाई समेत शेयर गर्छन्, ‘मैले सबै काम गरिसक्या हुँ यो महिला, पैसावाल हो यसको स–परिवार अष्ट्रेलियामा बस्छन् । कहिले काहीँ नेपाल आउँछे अथाह पैसा छ । मैले पट्याएको छु।’

सार्वजनिक टेलिफोन सम्वादमा महिलाले बारम्बार माया नगरेको गुनासो गर्छिन् । सांसद थापा भने ‘मैले कम माया गरेको छु र?’ भन्दै प्रतिप्रश्न गर्छन् । महिलाले आफ्नो पैसा ब्याजमा लगाउन सहयोग नगरेको गुनासो समेत गरेको भिडियोबाट थाहा हुन्छ ।

संवादको केही अंश
थापाः भन डार्लिङ, महिलाः किन फोन काटेको? थापाः छोरा आएको थियो बोलाउन त्यसैले फोन काटेको के। घर नजिकैको होटलमा अलिअलि खाँदैछु। महिलाः बुढी कता छन् ? थापाः बुढी घरमै छिन् ।
थापा थप्छन्ः मेरो जीवनमा तिमी बाहेक अरु कोही छैन । तिमीसँग हुनुपर्ने सबै भइसकेको छ अब फेरि कस्तो माया गर्ने ? महिलाः माया भनेको त्यत्ति मात्रै हो र ? म हजुरले बोलाएको बेला सँधै आउछु हजुर आउनु हुन्न थापाः हजुर जस्तो जहाजमा आइरहने पैसा मसँग कहाँ छ र ? ‘ल ल हजुर जैले भनिबक्सिन्छ म आउँछु ।
महिलाः म भोलि नै आउनु भन्छु हजुरलाई थापाः हुन्छ ल ल टिकट पाए भोलि नै आउँछु । म साथीसँग छु । सबै चिज गरिसकेको छु अब कस्तो माया चाहियो ? महिलाले फोन काट्छिन्।
थापा सँगैको साथीसँग शेयर गर्छन्ः महिलाहरु आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउँछन्। यो महिला अर्बपति छ, नेवार समुदायकी हो निक्कै राम्री पनि छ। यिनीहरुको अष्ट्रेलियातिर समेत कारोबार छ। श्रीमान छैन एक छोरी छ। मैले नेपालगञ्ज आउ भन्ने बित्तिकै काठमाडौंबाट जहाजको टिकट काटेर आइहाल्छ।

प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्