केरुङ–काठमाडौं रेल आउँछ : राष्ट्रपति सी
काठमाडौं, असोज २७
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् ।
नेपालजस्तै भूपरिवेष्टित मुलुक लाओस पनि रेल कनेक्सनका कारण भूजडित बन्ने क्रममा रहेको उनको भनाई थियो ।
वार्तामा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रपति सीले केरुङ–काठमाडौँ रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार