नेपाल र चीनबीच यस्तो भयो १७ बुँदे सम्झौतामा हस्ताक्षर
काठमाडौं, असोज २६
नेपाल चीनबीच १७ बुँदे सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार होटल सोल्टीमा विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्झौता र समझदारी पत्रमा आदानप्रदान गरिएको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी लगायत उच्च अधिकारीले समझदारी पत्र साटासाट गरेका छन् । समझदारी पत्रमा केरूङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, टोखा -छहरे-बेत्रावती-स्याप्रुवेंशी सुरूङ मार्ग निर्माणदेखि काठमाडौं र बुटवल नगरसँग चीनका नाक्सी र सियान नगरहरूबीच भगिनी सम्बन्ध कायम राख्नेसम्मका विषय समावेश छन् ।
समझदारी पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, मदन भण्डारी विश्व विद्यालय लगायत विषय समेटिएका छन् ।
प्रकाशित मिति: २६ आश्विन २०७६, आइतबार