के गर्दैछन् महरा, कस्तो छ स्वास्थ्य अवस्था ?


 


काठमाडौं, असोज २६
बलात्कारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा अझै केही दिन अस्पताल बस्ने भएका छन् । प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि असोज २३ गते उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो ।

उनको रगतमा सुगर देखिएको छ । औषधी खाएकाले रक्तचाप केही ठीक भए पनि महरालाई अहिले अनिद्रा र तनाव (स्ट्रेस) को समस्या रहेको अस्पताल स्रोतले जानकारी दियो । उनलाई हाल क्याबिनमा राखिएको छ।

महरालाई पहिल्यैदेखि श्वासप्रश्वासको समस्या थियो। उनलाई पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको थियो। उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुनेछ।

प्रकाशित मिति: २६ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्