यस्तो छ चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तालिका


 


काठमाडौं, असोज २३
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार राष्ट्रपति सी असोज २५ गते नेपाल आउँदै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । सी नेपाल आएसँगै २३ बर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपालको भ्रमण गरेका थिए ।

त्यसयता चिनियाँ राष्ट्रपतिको नेपालमा भ्रमण हुन सकेको थिएन् । गत २०१६ मा सी को नेपाल भ्रमणको तयारी थियो । त्यतिबेला केपी ओली सरकार ढलेपछि भ्रमण स्थगित भएको बताइदै आएको छ ।

यस्तो छ भ्रमण तालिका
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सीले राष्ट्रपति विद्यादेखी भण्डारीसँथ भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना गर्नेछिन् ।

राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गर्नेछन् । वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूयमा हस्ताक्षर हुनेछ । सीले नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्