सुवास नेम्बाङलाई कसले फसाउँने षडयन्त्र गर्याे ?


 


काठमाडौं, असोज २०
सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि महराका छोरा तथा नेकपाका नेताहरुले सभामुख पदमा जान पूर्वसभामुख सुवास नेम्बाङले षडयन्त्र गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल मार्फत धम्की दिएका छन् । नेम्बाङले राजीनामाको बैधानिकताका विषयमा गरेको टिप्पणीलाई लिएर महरा पुत्रले नेम्बाङमाथी आरोप लगाएका हुन् ।

महरा पदको भोगी होइनन्, आरोपित घटनाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन्, महरा पुत्र विकासले लेखेका छन्, कति छिटो आँ गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस् भन्ने कामना गर्न लागेपछि षडयन्त्र केलाई बुझ्ने ? धैर्य गर्नुस् ।
महराले जुनसुकै कारण भएपनि उनको राजीनामापछि प्रतिनिधिसभाको सभामुख को हुने भन्ने रस्साकस्सी शुरु भएको छ । महरापुत्रले यस्तो आरोप लगाएपनि राजनीतिक वृतमा समेत नेम्बाङ सभामुख हुने चर्चा चलिरहेको छ ।

नेकपाले आन्तरिक रुपमा यसको योजना बनाएपनि सभामुखको रुपमा सबैभन्दा निकटबाट हेरिएका सुवास नेम्बाङले भने आफू यो पदमा नजाने घोषणा गरेका छन् । उनले सभामुख बन्न इन्कार गरेपछि अब कसलाई सभामुख बनाउने भन्ने नयाँ बहस शुरु भएको छ ।

सुवास नेम्बाङ

जनआन्दोलन २ को सफलतापछि मैले पटक पटक सभामुखको भूमिका निर्वाह गरेको छु, नेम्बाङले भने संविधानसभाको दुइपटक अध्यक्षता गरेर संविधान जारी गरिएको छ । अब म सभामुख बन्ने हैन, त्यो संविधान कार्यान्वयन गर्ने हो ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटको सम्बन्ध रहेका नेम्बाङललाई सभामुखको प्रमुख दाबेदार मानिएको प्रचार गरिएको छ । तर, नेम्बाङले भने अब संविधान कार्यान्वयनको लागि क्रियाशिल रहने भन्दै सभामुख नबन्ने भन्दै मुख खोलेका छन् । म अब दोहोर्याएर सभामुख बन्दिन, मलाई फसाउँने षडयन्त्र हुदैछ, नेम्बाङले भने ।

सभामुखका लागि नेकपाभित्र पूर्व माओवादी खेमाका देव गुरुङ, गिरिराजमणि पोखरेल र पम्फा भुसाल लगायतका दाबेदार देखिएका छन् । तर, संविधान अनुसार सभामुख र उपसभामुख फरक फरक दल र लिंगको हुनुपर्ने कानूनी प्रावधानका कारण नेकपा उपसभामुख छाडेर सभामुखमा उम्मेद्वारी दिने तयारीमा छ । यसका लागि उपसभामुख डा. सिबमाया तुम्बाहाम्फेले राजिनामा दिनुपर्ने हुन्छ । नत्र नेकपाले सभामुख नपाउन सक्छ ।

प्रकाशित मिति: २० आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्