अन्ततः पक्राउ परे कृष्णबहादुर महरा
काठमाडौं, असोज १९
निर्वतमान सभामुख कृष्णबहादुर महरा प्रक्राउ परेका छन् । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका महरालाई प्रहरीले प्रक्राउ गरेको हो ।
उनलाई आइतबार अपरान्ह बालुवाटारस्थित सभामुख निवासबाटै प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीले अब महरालाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने भएको छ । आइतबार बिहान अदालतले पनि महरालाई प्रक्राउ गर्न अनुमति दिएको थियो ।
प्रकाशित मिति: १९ आश्विन २०७६, आइतबार