मास्क लगाउन प्रतिबन्ध, नियम नमाने जरिवानासहित जेल
एजेन्सी
हङकङमा मास्क लगाउन प्रतिबन्ध लगाइएको छ । यो नियम शनिबारदेखि नै लागू भएको हो । यदि मास्क लगाएर मुख लुकाएको पाइए जरिवानासहित जेल सजायको व्यवस्था गरिएको छ ।
नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानासहित एक वर्षसम्म कैद सजाय हुनसक्ने छ । विवादास्पद सुपुर्दगी विधेयकका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोफोड जारी राखेका छन् ।
गतवर्ष जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले मुख छोपेका कारण पहिचानमा कठिनाई भएको छ । जसले गर्दा हङकङमा मास्क लगाउन प्रतिबन्ध लगाइएको हो ।
प्रकाशित मिति: १८ आश्विन २०७६, शनिबार