खासमा रोशनी शाहीको फेसबुक चाँही कसले चलाउँछ ?


 


काठमाडौ, असोज १७
संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्य कर्मचारी रोशनी शाही अहिले चर्चा र चरम विवादमा छन् । शाहीका कारण सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजिनामा नै दिइसके । तर चर्चा र विवाद सकिएको छैन् ।

खासगरी शाहीको फेसबुक आइडीबाट पोष्ट भइरहेका सामाग्रीहरुले पनि थप चर्चा र विवाद कायम नै राखेका छन् । आज प्रकाशित कान्तिपुर दैनिकको सामाग्री अनुसार तपाईंकै फेसबुकमै त्यो अपडेट छ भने जब मैले रोशनीलाई फेसबुकमै देखाएँ, म आफैं छक्क परें ।

उनको फेसबुक कुराकानीको दौरान पनि अद्यावधिक गरिँदैथ्यो । उनले त्यो घ टना भएको दिनदेखि आफूले फेसबुक नै नचलाएको दा बी गरिन् । फेसबुकको पासवर्ड उनका श्रीमानलाई पनि थाहा रहेछ । यसबारे मैले उनका श्रीमान चित्रजंगलाई पनि सोधें। उनको जवाफ थियो, खोइ अपडेट त भइरहेको छ तर कसले चलायो, मलाई थाहा छैन ।

रोशनी शाही

रोशनीमाथि नै ब्या कफा यर हुने गरी फेसबुकका स्टाटसहरू उनै चित्रजंग या उनीनिकट अरू कसैले अपडेट गरेका त थिएनन् ? रहस्य पर्दा खुलिसकेको छैन । बारम्बार महरा सर निर्दोष हो भनिरहेपछि त्यसो भए तपाईंले उहाँलाई फसाउनुभएको हो त’ भनेर सोधें । उनले उल्टै प्रतिप्रश्न गरिन्, उहाँ कहाँ फस्नुभएको छ र ?

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्