सरकारी सञ्चार माध्यमसंग प्रधानमन्त्री ओली, चीनसंगको सम्बन्धबारे मुख खोले
काठमाडौं, असोज १७
प्रधानमन्त्री ओलीले छिमेकी देश चीनसंगको सम्बन्धबारे धारणा प्रस्तुत गरेका छन् ।
विहीबार सरकारी सञ्चार माध्यमका पत्रकारसंग भेटघाट गर्दै उनले चीनसंगको सम्बन्धबारे धारणा राखेका हुन् । अन्नपूर्णमा खबर छ ।
उनले निनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण छिटै हुन लागेको बताए । उनले यो भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे । उनले छिमेकीसंगको सम्बन्ध सुमधुर, दृढ, विश्वसनीय र उचाईमा पुगेको दाबी गरे ।
उनले छिमेकीसंगको सम्बन्ध बलियो बनाउनेक्रममा कसैसंग झुक्ने र ढल्किने काम नहुने बताए । ‘हामी कसैसंग झुक्दैनौ र ढल्किदैनौं’ प्रधानमन्त्री ओलीले भने ।
प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार