महरालाई बलात्कार आरोप लगाउने महिलाले किन फेरिन् बयान ?


 



काठमाडौं, असोज १६
सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाउने महिलाले २४ घण्टा नबित्दै बयान फेरिन् । तर, प्रहरीको अनुसन्धानले महरा महिलाको डेरामा पुगेको पुष्टि भएको छ ।

प्रहरीको सीसी फुटेजका आधारमा महिरा निजी सुरक्षाकर्मी लिएर त्यहाँ पुगेको देखिएको छ । कान्तिपुरमा खबर छ । महिलाले एक्कासी बयान किन फेरि भन्ने जिज्ञासाको विषय बनेको छ ।

महरा महिलालको घरमा एक घण्टा १९ मिनेट बसेको देखिएको प्रहरीले जनाएको छ । उनी त्यहाँबाट फर्किर सोझै सभामुख निवास फर्किएको पनि देखिएको छ । संसद सचिवालयमा कार्यरत ती महिलाले सुरुमा आफू यौन हिंसामा परेको बताए पनि पछि बयान फेरिन् ।

महिला आफ्नो परिवार भन्दा पनि महरा निकट व्यक्तिको सम्पर्कमा रहेकै कारण पनि यस्तो भएको हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्