अब सभामुखको सांसद पद के हुन्छ ? पार्टीले यसरी गर्नसक्छ कारबाही
काठमाडौं, असोज १६
बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादर महराले सभामुखबाट राजीनामा दिएपछि उनको सांसद पद के हुन्छ भन्ने विषय अहिले चर्चामा छ ।
नेकपाको सचिवालय बैठकले उनलाई सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर, उनले सभाुमखबाट मात्रै राजीनामा दिएका छन् । अन्नपुर्णमा खबर छ ।
महराले पार्टीको निर्देशन नमानेर सभामुखबाट मात्रै राजीनामा दिएपछि उनीप्रति अब पार्टीले कडाई गर्नसक्ने देखिएको छ । नेकपाकै नेताहरु महरालाई अब पार्टीले सांसदका रुपमा नचिन्ने तर्कसमेत गर्न थालेका छन् ।
उनले अब पार्टीको संसदीय दलको बैठकमा भागसमेत लिन नपाउने उनीहरुको तर्क छ । सांसदबाट राजीनामा नदिए महरालाई पार्टीबाटै हटाउन पनि सक्छ ।
दल त्याग ऐनअनुसार महरालाई सांसद पदबाट हटाएको जानकारी पार्टीले संसद र निर्वाचन आयोगलाई गराउन सक्छ । त्यसपछि महराले जितेको क्षेत्र खाली हुनेछ । जहाँ उपनिर्वाचन गर्नुपर्छ ।
प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार