सुनचाँदीको मूल्य थप घट्यो, हेर्नुहोस् कति छ आज ?


 



काठमाडौं, असोज १३
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७० हजारमा झरेको छ । सुन हिजो प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीमा पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४० रुपैयाँ भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्