दक्षिण एसियामा भारतलाई उछिन्दै नेपालले रच्यो इतिहास, प्रम ओली र विना मगरको मुख्य भूमिका


 


काठमाडौं, असोज १३

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश बनेको छ। दक्षिण एसियाको महारथी देश भारतलाई समेत उछिन्दै नेपाल पहिलो खुला दिशामुक्त देश बनेको हो। नेपाललाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा खुला दिसामुक्त देश घोषणा गरे।

नेपाल खुला दिसामुक्तको मानक पूरा गरेर दक्षिण एसियाकै पहिलो देश बनेको हो । उसो अबको दुईदिन पछि भारत पनि खुला दिसामुक्त देश घोषित हुँदै छ। यसका साथै उ दोस्रो देश बन्ने छ। प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्‍याउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गरिएको हो।

खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा भएको छ । २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो । यो अभियानले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई कार्यान्वयन गरेको छ।

नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरु, जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी छन्। नेपाललाइ पहिलाे खुला दिसामुक्त देश बनाउने अभियानमा मुख्यतः प्रधानमन्त्री र खानेपानी मन्त्री विना मगरकाे दिनरात खटिएका थिए। जसले अहिले सार्थकता पाउँदैछ।

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्