जापानको रोजगारी भाग्यकै भरमा, भाषा परीक्षामा सहभागि हुन पनि चिठ्ठा


 


काठमाडौं, असोज १३
जापान रोजगारीमा जानका लागि परीक्षा दिन पनि चिठ्ठा पर्नुपर्ने भएको छ । जापानको रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाण्डेशनले चिठ्ठाका आधारमा परीक्षा लिने व्यवस्था गरेको हो । नागरिकमा खबर छ।

एकैपटक ठूला संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने भएकाले चिठ्ठा पर्नेले मात्रै भाषा परीक्षा दिन पाउनेछन् । यसको अर्थ अब भाषा परीक्षामा सहभागि हुन भाग्य साथ दिनुपर्ने भएको छ ।

फाउण्डेसनले परीक्षामा सामेल हुन चाहनेका लागि अनलाइन दरखास्त आह्वान गरिसकेको छ ।

रोजगारीका लागि जान चाहने युवाहरुको भाषा र सीप परीक्षण तथा अन्य व्इवस्थापकीय काम गर्न काठमाडौंमा जापानी दुताबासले जापान फाण्डेसनलाई नियुक्त गरेको छ । आगामी कार्तिक १०, ११ र १२ गते पहिलो चरणको भाषा परीक्षा हुने जनाइएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्