बुधबारदेखि देशका २६ सहरमा लागू हुँदैछ फोरजी सेवा
काठमाडौं, असोज १३
नेपाल टेलिकमले देशका विभिन्न २६ सहरमा फोरजी सेवा सुरु गर्दैछ । टेलिकमले दशैं तिहारको अवसर पार्दै बुधबारदेखि देशका साना ठूला २६ सहरमा फोरजी सेवा सुरु गर्न लागेको हो ।
जसका लागि टेलिकमले फरीक्षण पनि गरिसकेको जनाएको छ । गोरखापत्रका खबर छ ।
यो परियोजना अन्तर्गत कम्पनीले पहिलो चरणमा २६ सहरमा सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।
उनले अन्य कुनै समस्या नआएमा बुधबारदेखि सेवा विसतार हुनेछ । बीटीएस स्थापना भएसंगै कम्पनीले फोरजी परीक्षण र सेवा सञ्चालनको काम नियमित रुपमा गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार