काठमाडौं महानगरले दियो नौंवटा नगरपालिकालाई पार्क बनाउन एक/एक करोड, कुन–कुन नगरपालिकाले पाए सहयोग ?
काठमाडौं, असोज १२
काठमाडौं महानगरपालिकाले नौंवटा नगरपालिकामा सुविधा सम्पन्न पार्क निर्माण गर्ने भएको छ ।
महानगरपालिकाका वरिपरीका नौंवटा नगरपालिकाले महानगरको आर्थिक सयोगमा सुविधा सम्पन्न पार्क निर्माण गर्नेछन् । जसका लागि महानगरले हरेक नगरपालिकालाई एक÷एक करोड रुपैयाँ उपलब्ध गराएको छ । गोरखापत्रमा खबर छ ।
सहयोग पाउनेमा कीर्तिपुर, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बुढानीलकण्ठ, शंखरापुर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकामा पार्क निर्माण गर्ने काम थालिउको छ ।
नौंवटै नगरपालिकाले जेष्ठ नागरिक, बालबालिका बस्ने, रमाउने र वनभोज गर्न मिल्ने सुविधा भएको पार्क निर्माण गरिरहेका छन् । नगरपालिकाहरुमा यसै वर्ष भित्र पार्क निर्माण गरिसक्नुपर्ने छ ।
प्रकाशित मिति: १२ आश्विन २०७६, आइतबार