अन्तिम चरणमा रोकियो नेकपाको एकता प्रक्रिया, प्रचण्ड र ओलीबीच कुरा मिलेन


 


काठमाडौं, असोज १२
सत्तारुढ दल नेकपाको बाँकी एकता प्रक्रिया रोकिएको छ । दुई अध्यक्ष प्रधानमन्त्री रहेका केपी शर्मा ओली र पुष्पकमल दाहा ‘प्रचण्ड’बीच कार्यविभाजनमा कुरा नमिल्दा एकता प्रक्रिया अन्तिम चरणमा रोकिएको हो । कान्तिपुरमा खबर छ ।

दुई अध्यक्षबीच पछिल्लो दिन दैनिकजस्तो छलफल भइरहेको भएपनि कुरा मिल्न सकेको छैन । पूर्व सहमतिअनुसार अघि बढ्न नसक्दा काम रोकिएको बुझिएको छ ।

पार्टी एकताका धेरै काम सकिएपनि अन्तिम चरणमा आएर दुई अयक्षबीच कुरा नमिलेको पार्टी स्रोतले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्