यसपालिको दशैंमा कति दिन छ सार्वजनिक बिदा ?
काठमाडौं, असोज ११
भोलि अर्थात आइतबारबाट दशैं शुरु हुँदैछ । आइतबारबाट घटस्थापना तथा नवरात्र शुरु हुँदैछ । घटस्थापनादेखी दशैं शुरु भएको मानिन्छ ।
नेपालमा सबैभन्दा बढी बिदा हुने चाड दशैैं हो । विगत वर्षहरुमा दशैंका लागि एक हप्ता बढी बिदा हुने चलन थियो । तर यो बिदा विस्तारै कटौती हुँदै आइरहेको छ ।
यसपालिको दशैंमा चार दिन सार्वजनिक बिदा हुने भएको छ । फुलपातीको दिन शनिबार परेका हुँदा चार दिन सार्वजनिक बिदा हुने भएको छ ।
१९ गतेदेखि २२ गतेसम्म दशैंका लागि सार्वजनिक बिदा हुने भएको छ । १९ गते अष्टमी, २० गते महानवमी, २१ गते विजयादशमी र २२ गते एकादशीसम्म सार्वजनिक बिदा हुने भएको छ ।
प्रकाशित मिति: ११ आश्विन २०७६, शनिबार