कस्तो छ नेपालप्रति अमेरिकाको नजर ? नेताहरुलाई दिए अमेरिकी राजदूतले यस्तो सुझाव
काठमाडौं, असोज ११
अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपाली नेताहरुलाई भेटेर नेपाल कसैको पनि विपक्षमा लागेको हेर्न नचाहेको बताएका छन् । नेपालले चीनसंग सम्बन्ध बढाएपछि अमेरिकी राजदूतले अहिले सक्रियता बढाएका छन् । अन्नपूर्णमा खबर छ ।
उनले नेताहरुलाई भेटेर नेपाल कसैको विपक्ष वा पक्षमा नलागेर नेपालकै पक्षमा रहेको हेर्न चाहेको बताएको बताइएको छ । शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, सांसद, उद्यमी र सञ्चाकर्मीमाझ कसैको विपक्षमा लाग्न नहुने सुझाव दिए ।
उनले अमेरिका नेपालको पूरानो मित्रसमेत रहेको प्रष्ट पारेका छन् । उनले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका नेता माधवकुमार नेपालसंग भेटिसकेका छन् ।
प्रकाशित मिति: ११ आश्विन २०७६, शनिबार