दशैंको मुखमा तरकारीको मूल्य अचाक्ली महंगो, २० दिनमै २८९ प्रतिशत महंगो
काठमाडौं, असोज ११
दशैं नजिकिएसंगै तरकारीको मूल्य अचाक्ली रुपमा महंगिएको छ । तरकारीको मूल्य २० दिनमा २८९ प्रतिशतले महंगिएको छ । कान्तिपुरमा खबर छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्यमै २८९ प्रतिशतसम्म बृद्धि भएको छ । व्यापारीले पनि होलसेल मूल्यको दोब्बर मूल्यमा उपभोक्तालाई बेचिरहेका छन् ।
वर्षा र भारतमा मूल्यवृद्धि भएका कारण तरकारीको मूल्य बढेको बाएका छन् । तरकारीको मूल्य अस्भाविका रुपमा बढेपनि सरोकारवालाहरुले भने अनुगमनमा कुैनै चाँसो देखाएका छैनन् ।
प्रकाशित मिति: ११ आश्विन २०७६, शनिबार