असोज १२ गते आइतबार सार्वजनिक बिदा
काठमाडौं, असोज १०
आइतबार गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असोज १२ गते आइतबार घटस्थापना रहेको छ ।
बिहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । विगत वर्षहरुमा घटस्थापनका दिन देशभर बिदा दिने प्रचलन थियो ।
तर संघीय सरकारले बिदा कटौती गरेका कारण देशका अन्य ठाउँमा भने बिदा हुने छैन् । गण्डकी प्रदेश सरकारले ल्होछार, प्रदेश स्थापनाको दिन फागुन ४ र माघे संक्रान्तिमा पनि बिदा दिएको थियो ।
प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार