यस्तो बन्दैछ पोखरामा रबिन्द्र अधिकारीको सालिक


 


पोखरा, असोज १०
गत फागुन महिनामा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीको सालिक गृह जिल्लामा बन्दैछ । कास्कीको पोखराका अधिकारीको फागनु १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । यो सालिक पोखरा महानगरपालिकाले सहिद पार्कमा राख्ने तयारी गरेको छ ।

तेहथुमको आठराई गाउँपालिका चुवानडाँडाबाट फर्कने क्रममा ताप्लेजुङ जिल्लास्थित सिस्ने भिरको दारे ढुङ्गामा एयर डाईनेस्टीको ९ एन एमआई कल साईनको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित ७ जनाले ज्यान गुमाएका थिए ।

उक्त दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्