आज पनि घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा झर्यो ?


 



काठमाडौं, असोज १०
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा थप दुई सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार आठ सय रुपैयाँमा झरेको छ ।

सुन हिजो अघिल्लो दिनको तुलनामा एक हजार रुरुपैयाँ घट्दै प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ६० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६५ रुपैयाँमा काराबोर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्