अमेरिकी राजदुत एकाएक सक्रिय, देउवा र नेपाललाई किन भेटे ?
काठमाडौं, असोज १०
नेकपाका नेताहरुले चीनसंग सम्पर्क बढाएपछि अमेरिकी राजदुर र्याण्डी बेरीले एकाएक सक्रिय भएका छन् ।
उनले विहीबार प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका विदेश विभाग प्रमुख माधव नेपालसंग भेटेका छन् । अन्नपूर्णमा खबर छ । त्यसक्रममा उनले नेताहरुसंग पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिएका छन् ।
उनले नेपाल र चीनका कम्यूनिष्ट पार्टीबीच बढ्दो सक्रियताबारे प्रतिपक्ष कति जानकार छ भनेर पनि बुझेको बताइएको छ ।
प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार