मंसिर १४ मा हुने उपनिर्वाचनमा कुन दलले कस्तो चुनाव चिन्ह पाए ? (हेर्नुहोस् सबै दलको चुनाव चिन्ह)


 


काठमाडौं, असोज ९
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन आयोगका अनुसार उपचिनर्वाचनका लागि ४८ दल दर्ता भएका छन् ।
आयोगमा दर्ता कायम रहेका नेपाली कांग्रेस लगायतका दलहरूले पुरानै चुनाव चिह्न पाएका छन्। यद्यपी नयाँ दर्ता भएका दलहरूले भने नयाँ चुनाव चिन्ह पाएका छन्।

एमाले र माओवादी एकतापछि बनेको सत्तारूढ नेकपाले उपनिर्वाचनमा सूर्य चुनाव चिन्ह प्रयोग गर्ने भएको छ।
अघिल्लो निर्वाचनमा उक्त चिन्ह तत्कालीन नेकपा एमालेको थियो। नेकपा माओवादी केन्द्रले गोलाकारभित्रको हँसिया हथौडा चिन्ह प्रयोग गरेको थियो।

हेर्नुहोस् सबै दलको चुनाव चिन्ह

प्रकाशित मिति: ९ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्