सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँ घट्यो


 



काठमाडौंं, असोज ९
सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला ७१ हजार रुपैयाँमा पुगेको छ । सुन हिजो प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला आठ सय ६५ रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्