चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी तीव्र, चिनियाँ सुरक्षाकर्मी काठमाडौंमा


 


काठमाडौं, ९ असोज

चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकार उच्चस्तरीय सुरक्षा योजना मनाउन लागिपरेको छ। चिनियाँ राष्ट्रपति भारत हुँदै २६ असोजमा काठमाडौं आउने बताइएको छ भने २७ असोजमा उनी बेइजिङ जाने सुरक्षा स्रोतले जनाएको छ ।

तथापि, औपचारिक रुपमा सीको भ्रमणको मिति सार्वजनिक गरिएको छैन । सीको भ्रमण निश्चित भएसँगै उच्चस्तरका कर्मचारी नेपाल आइसकेका छन् ।

उनीले सुरक्षा अवस्थाको विश्लेषण गर्दै दूतावासमार्फत सी भ्रमणका लागि आफ्ना तर्फबाट तयारी अघि बढाइरहेका छन् ।

सीको सुरक्षालाई निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली समेत नेपाल आइसकेको स्रोतको दाबी छ । राजधानी दैनिक

प्रकाशित मिति: ९ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्