कृषि विकास बैंकबाट ह्याकरले चोरे दुई करोड रुपैयाँ, केही व्यक्ति पक्राउ


 



काठमाडौं, असोज ८
कृषि विकास बैंकका विभिन्न शाखाहरुबाट ह्याकरहरुले दुई करोड रुपैयाँ चोरी गरेका छन् । कम्प्युटर सिस्टम ह्याक गरेर क्याकरहरुले देशका विभिन्न तीन ठाउँबाट रकम चोरी गरेको खुलेको छ ।

प्रारम्भीक जानकारीअनुसार कैलालीको धनगढी, चितवनको सौराहा र सिराहका लहानका बैंक शाखाहरुबाट रकम चोरी भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए । ं
चोरीमा संलग्न भएको आशंका प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । यद्यपि, पक्राउ परेकाहरुको नाम ठेगाना भने खुलाइएको छैन । राष्ट्र बैंकले यसबारे थप अनुसन्धान अगाडि बढिरहेको जनाएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्