राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियागको प्रक्रिया सुरु, यस्तो छ उनीमाथिको आरोप


 



एजेन्सी,
अमेरिकाको डेमोक्रेट्सले त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया सुरु गरेको जनाएको छ ।

प्रतिनिधिसभाकी प्रबक्ता नेन्सी पलोसलिे राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु गरेको जनाएकी छन् । उनीमाथि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसंग डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारको दाबीमाथि अनुसन्धान सुरु गर्न दवाव दिएको आरोप लागेको छ । तर, ट्रम्पले सो कुरालाई अस्वीकार गरेका छन् ।

उद्यपि, उनले राजनीतिक प्रतिद्वन्द्वीबारे चर्चा गरेको भने स्वीकार गरेका छन् । नेन्सी पलोसीले ट्र्म्पले अमेरिकाको संविधानको घोर उल्लंघन गरेको आरोप लगाएकी छन् । उनले यसबारे राष्ट्रपतिको जवाफसमेत माग गरेकी छन् ।

ट्रम्पलाई हटाउन २० जना रिपब्लिकन सांसदको आवश्यकता पर्छ । तल्लो सदनमा १४५ देखि २३५ डेमोक्रेट्स महाअभियोगको पक्षमा देखिएका छन् । तर, माथिल्लो सदनमा भने रिपब्लिकिनको बहुमत भढी भएकाले पास हुने सम्भावना कम भएको बताइएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्