बिजुक्छे अध्यक्षमा नयाँ केन्द्रीय समिति निर्वाचित


 


भक्तपुर, ७ असोज

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट नारायणमान बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । हिजो साझ सम्पन्न महाधिवेशनले सर्वसम्मतिबाट नारायणमान बिजुक्छेलाई निर्वाचित गरेको हो ।

नया कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काप्mले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका छन । त्यस्तै सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित हुनुभएको केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिए ।

महाधिवेशनबाट कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, सरोजकुमार साह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन भने कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित भएका छन ।

नवनिर्वाचित अध्यक्ष बिजुक्छेले बन्दसत्रमा शपथग्रहण गरेको र उनले शपथग्रहण गरेपछि नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराएका थिए । प्रतिनिधि लक्ष्मण जोशीको संयोजकत्वमा उद्धव सुजखु र सुनकेसा शाही सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

आजकोे बन्दसत्रले पार्टी अध्यक्ष बिजुक्छेले प्रस्तुत गरेको जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमका रूपमा पारित गरेको र पार्टीको भावी कार्यक्रममाथि समूहगत छलफल र समूह प्रस्तुतिपछि संशोधनसहित पारित गरिएको थियो । उनले प्रस्तुत गरेका समसामयिक राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रस्तावहरू संशोधनसहित पारित गरेको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्