विद्यालय भवन शिलान्यास गर्दै सासंद पाठक


 


गलकोट, ५ असोज

विसं २०७२ को भूकम्पले क्षति पुर्याएको बागलुङ सदरमुकाममा रहेको रुद्रेपिपल माध्यमिक विद्यालयको चारकोठे भवनको आज शिलान्यास गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसवर्ष जिल्लामा पुनःनिर्माण गर्ने ३८ विद्यालयमध्येको सो विद्यालयको भवन निर्माण शुरु गरिएको हो । विद्यालय भवनको सांसद डा सूर्य पाठकले शिलान्यास गरेका हुन । सांसद पाठकले विद्यालयको शैक्षिक गुणस्तरका लागि भौतिक संरचना महत्वपूर्ण रहेको बताए । उनले सामुदायिक विद्यालय अन्र्तगतको अब्बल विद्यालयका रुपमा विकास भइरहेको सो विद्यालयलाई थप शैक्षिक गुणस्तर वृद्धिका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइ शिक्षाको रु ७० लाख ४० हजार लागतमा चारकोठे भूकम्प प्रतिरोधी भवन निर्माण थालिएको एकाइका प्रमुख मोतिलाल चपाईंले बताए ।

विसं २०७२ को भूकम्पले क्षति पुर्याएको सो विद्यालयमा भवन निर्माणसँगै पठनपाठनमा सहज हुने विद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले बताए । जिल्ला सदरमुकामा रहेका निजि विद्यालयसँग प्रतिस्पर्धा गर्दै अगाडि बढेको उक्त विद्यालय जिल्लाकै नमूना सामुदायिक विद्यालय अन्र्तगत पर्दछ । सामुदायिक विद्यालयमा विद्यार्थी संंख्या घट्दै गइरहेका सन्र्दभमा सो विद्यालयमा भर्ना हुनका लागि प्रवेश परिक्षा समेत पास गर्नुपर्ने अवस्था छ । वालकक्षा देखि १० कक्षासम्ममा विद्यालयमा ६०० विद्यार्थी अध्ययनरत छन् ।

शिलान्यास भएको विद्यालय भवन अपाङ्गमैत्रीहुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इञ्जिनीयर नवीनकुमार सिंहले जानकारी दिए । उनका अनुसार विद्यालयको उक्त भवन माघ मसान्तभित्र पुनःनिर्माण भइसक्ने बताए । यो आर्थिक वर्षको पहिलो चरणमा ४० विद्यालय पुनःनिर्माण सम्पन्न भई अहिले ३८ विद्यालय र २५ शौचालय निर्माण थालिएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । बागलुङमा भूकम्पले क्षति पु¥याएका २१० विद्यालयमध्ये १८० विद्यालयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइले पुनःनिर्माणको पहुँच पु¥याएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्