सेनालाई साधनसम्पन्न र प्रविधि मैत्री बनाउनुपर्ने


 


विराटनगर, १ असोज
नेपाली सेनालाई साधनसम्पन्न र प्रविधिमैत्री बनाउनाले विपद् व्यवस्थापनमा सहज हुने आज यहाँ आयोजित अन्तरक्रियामा सहभागीले सुझाव दिएका छन् । नेपाली सेना–स्थानीय पत्रकार, नागरिक समाज, प्रबुद्ध व्यक्तिहरुसँगको अन्तरक्रियामा सहभागीले सैनिक विद्यालय हिमाल, तराई र पहाडी क्षेत्रमा विस्तार गरी सैनिकसँगको ग्रामीण क्षेत्रका जनतासम्म पहुँच पु¥याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

पूर्वी पृतनापति अनन्त कार्कीले सेनाले पारदर्शी र आर्थिक सुशासनका रुपमा कार्य गरिरहेको जानकारी दिँदै कानूनले दिएको अधिकारअनुसार आपत्कालिक स्वास्थ्य सेवा, सर्पदंश सेवाको पहुँच विस्तार गरिने बताए । उनले नेपाल सरकारको सन् २०२० पर्यटन वर्ष, प्रदेश सरकारको ‘एक घर एक फलफूल’का बिरुवा कार्यक्रममा सेनाले समन्वय गरी कार्य गरिरहेको धारणा व्यक्त गरे ।

महासेनानी ईश्वरकुमार श्रेष्ठले नागरिक समाजसँग प्रगाढ सम्बन्ध स्थापना गर्न तथा सेनामा भएका कमीकमजोरी, गुनासालाई सम्बोधन आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार गर्ने बताए । सूर्यदल गणका गणपति प्रमुख सेनानी रघु पौडेल यस क्षेत्रमा विपद् व्यवस्थापनका लगायत छात्रालाई आत्मरक्षाको तालीम प्रदान गर्दै आएको जानकारी दिए ।

प्रदेश नं २ मा बारा र पर्सामा चैतमा आएको हावाहुरीमा स्थानीय जनतालाई सेनाबाट उद्धारमा गरिएको वित्तचित्र र मैथली भाषाको ‘अप्पन प्रस्तुत’ लघुचित्र प्रदर्शन गरिएको थियो । पृतनापति कार्कीले सेनासम्बन्धी रेडियो कार्यक्रम प्रसारण गरेकामा विराटनगरका कोशी र नागरिक एफएमलाई प्रशंसापत्र प्रदान गरे । सेनाले यसअघि प्रदेश नं २ का पाँच जिल्ला यस्ता कार्यक्रम गरिसकेको छ भने प्रदेश नं १ पहिलो पटक कार्यक्रमको आयोजना गरेको हो ।

प्रकाशित मिति: १ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्