सासंदहरूले माग गरे स्वास्थ्यमन्त्रीको राजीनामा


 


काठमांडाै २७ भदाै
प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरे

बिहीवारको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद गौतमले मुलुक डेंगुले आतंकित र आक्रान्त भइरहेको भन्दै स्वास्थ्य संकटकाल घोषणा गर्न समेत माग गरे

‘स्वास्थ्यको जिम्मा लिएर बस्नु भएका मन्त्रीजी कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्री पनि स्वदेश आइसक्नुभयो। यतिबेला चुप लागेर बसेर, रुलिङ गरेर, टेबुल ठोकेर र सत्तापक्षका साथीहरुले विरोध जनाएर मात्र पुग्दैन, दुई तिहाइको सरकार हो यो । यतिबेला गर्न नसकेको, सुशासन दिन नसकेको कसले दिनसक्छ ?’ उनले प्रश्न गरे।

उनले थपे, ‘सभामुखले रुलिङ गरेको भरमा झारा टारेर हुँदैन, म स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु, सरकार मूकदर्शक भएर हुँदैन, तत्काल संकटकाल घोषणा गरेर अघि बढ्नुपर्छ।’

उनले मन्त्री र स्वास्थ्यकर्मीसहित ३ हजार जनता डेंगुबाट पीडित हुँदा पनि सरकार मूकदर्शक बनेर तमाशा हेरिरहेको उनको भनाइ थियो।

प्रतिनिधि सभाका सदस्यहरुले पछिल्ला बैठकमा उठाइरहेको डेंगुको महामारी सम्बन्धमा जानकारी गराउन आज सभामुख कृष्णबहादुर महराले सरकारलाई निर्देशन पनि दिएका छन्।

‘सरकार र स्वास्थ्य मन्त्रीलाई विशेषगरी ध्यानाकर्षण गराउँछु । यस विषयमा सदनलाई यथाशीघ्र जानकारी गराउन निर्देशन गर्छु’ सभामुखले भने। संसदमा केही दिनदेखि सांसदहरुले निरन्तर रुपमा डेंगु रोगका विषयमा प्रश्न उठाइरहेका छन्।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्