कांग्रेसद्धारा जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू तोकिए


 


काठमाडौं, २२ भदौ ।
नेपाली कांग्रेसले दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू तोकेको छ ।

नेपाली कांग्रेसद्वारा आइतबार बिहान जारी विज्ञप्तिअनुसार प्रदेशअन्तर्गतका सबै निर्वाचन क्षेत्रहरूमा प्रतिनिधि खटाइएको हो । केही जिल्लामा क्रमशः प्रतिनिधि खटाइनेछ ।

नेपाली कांग्रेसले भदौ २४ गतेदेखि देशभरि एकै साथ दोस्रो चरणको अभियान चलाउँदै छ । अभियानका क्रममा सरकारका गलत कुराको भण्डाफोर गर्ने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको संगठन निर्माणमा पनि विशेष जोड दिइनेछ कांग्रेसले जनाएको छ ।

बाँकी जिल्लाहरूको प्रतिनिधिहरू क्रमशः सार्वजनिक गरिनेछ । नेपाली कांग्रेसले पहिलो चरणको प्रतिनिधिहरूको सूची सार्वजनिक गरेको जनाएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्