खुमबहादुर सुवेदी टान को अध्यक्षमा निर्वाचित


 


काठमाडौँ :२१ भदाै

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा लोकतान्त्रीक समुहका खुमबहादुर सुवेदी बहुमत सदस्य सहित विजयी भएका छन् । धादिङ जिल्लाको ज्वालामुखिका गाउँपालिका वडा नं ६ चैनपुर निवासी सुवेदी शुक्रबार (हिजो) सम्पन्न ४१ औं वार्षिक साधाण सभा तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी धादिङ जिल्लाकै त्रिपुरासुन्दरी गाउँपालिकाका अञ्जन थापा (कुमार) सुवेदीसंग ८३ मत अन्तरले पराजित हुन पुगे । सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मतमा सिमित रहे । महासचिवमा भने थापा समुहकी सरिता लामा १३ मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै विजयी भइन् ।

नयाँ कार्यसमितिको सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समुहका दामोदर ढकाल निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । महिला सदस्यमा थापा समुहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।

सदस्यमा थापा समुहबाट ठाकुर सापकोट, प्रेम बहादुर लामा, डिमादिकि शेर्पा, मिङमा तेन्जिङ शेर्पा र रामबहादुर गुरुङ विजयी भएका छन् । निर्वाचनमा थापा समुहबाट उम्मेदारी दिएका मध्ये ७ जनाले मात्रै जित हासिल गर्न सफल भए । त्यसै गरि सुवेदी समुहबाट सदस्यमा सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले र सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

को हुन अध्यक्ष खुम बहादुर सुवेदी ?

२०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्ववतीय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा।लि।, ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक हुन् ।
टानको बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भएर काम गरिसक्नुभएका उहाँ पर्यटन व्यवसायीमात्रै होइन नियात्राकार समेत हुन् । ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरुबाट सम्मानित भइसक्नुभएका उहाँ धादिङ, ज्वालामुखीमा जन्मिनुभएको हो ।

सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशहरुको भ्रमण गरिसक्नुभएको छ । उहाँ सामाजिक सेवामा कृयाशिल ह्यान्ड इन ह्यान्ड नेपालका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्