१५ वर्षे बालिका माथि एसिड आक्रमण, अवस्था दयनीय


 


काठमाडौँ २१ भदाै
रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।  एसिड आक्रमणमा परेकी मुस्कान खातुनको शरीरको दस प्रतिशत भाग डढेको र अवस्था खतरामुक्त भइनसकेको चिकित्सकले बताएका छन् । वीरगन्जकी मुस्कानलाई स्थानीय नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि शुक्रबारै कीर्तिपुरस्थित नेपाल क्लेफट एन्ड बर्न सेन्टरल्याइएको छ ।

‘मुस्कानको अनुहारको दायाँ भाग, घाँटी, छाती र हातमा एसिड परेको छ,’ उपचारमा संलग्न डा। सुरेन्द्र बस्नेतले भने, ‘प्रारम्भिक जाँचअनुसार आँखामा भने असर देखिएको छैन ।’ उनका अनुसार एसिडले जल्नेबित्तिकै गहिरो घाउ बनाउने भएकाले शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

चिकित्सकहरू आइतबार मुस्कानको शल्यक्रिया गर्ने तयारीमा छन् । शल्यक्रियाका क्रममा एसिड परेको भागबाट डढेको अंश बाहिर निकालिन्छ । यो शल्यक्रियाको दुई–चार दिनपछि घाउको अवस्था पुनः हेरिने र त्यसपछि उपयुक्त देखिए छाला प्रत्यारोपण गरिने डा। बस्नेतले बताए । चिकित्सकका अनुसार एसिड र विद्युतीय डढाइमा परेकाहरूलाई तत्काल खतरामुक्त भनिहाल्न सकिँदैन । पीडितहरूमा पछि छाती, मिर्गौला, मुटुमा असर पर्न सक्ने सम्भावनासमेत रहन्छ ।

वरिष्ठ कन्सल्टेन्ट प्लास्टिक सर्जन डा। किरण नकर्मीका अनुसार अस्पताल आउनेमध्ये धेरैजसोको अनुहारमै एसिड छ्यापिएको हुन्छ । सन् २०१८ यता कीर्तिपुर अस्पतालमा आठ जना एसिडपीडित आएका छन् । तीमध्ये तीन जना प्रयोगशालामा आफ्नै गल्तीले पोलाइमा परेका छन् ।

बाँकी ५ जनामा ४ महिला र एक पुरुषलाई अन्यले रिसइबीका कारणछ्यापिदिएका हुन् । एसिड आक्रमणमा मुख्य रूपले प्रेम–प्रकरण र अन्य रिसइबी कारण हुने गरेको जनाउँदै नकर्मीले भने, ‘७ वर्षअघि बन्दका बेला दुई चेलीलाई बसको झ्यालमा
एसिड हानेर घाइते बनाइएको घटनासमेत छ ।’

यस्ता प्रकारका आक्रमण रोक्नका लागि कानुनमा नै कडा व्यवस्था हुनुपर्ने हुन्छ र दाेषीलाइ कडा भन्दा कडा सजाय दिइनुपर्दछ ।

कतिपय अधिकारकर्मीले महिलालाई हुने बलात्कार भन्दा पनि पीडादायी घटना एसीड आक्रमण रहेको व्याख्या गरेका छन् । ‘बलात्कारले भित्र भित्र पोल्छ तर त्यसलाई सम्हाल्न सकिन्छ की भन्ने हुन्छ । तर एसीड आक्रमणले पोल्नेमात्र होइन, कुरुप पनि बनाउँछ । जसले जीवनभर महिलालाई पीडामा राख्छ’।

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्