प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केलगत्तै बालुवाटार पुगे अध्यक्ष प्रचण्ड, के के भयो कुराकानी?


 


काठमाडौं, २० भदाै

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर शुक्रबार फर्किएपछि उनको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए।

सो अवसरमा उनीहरुबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए। प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गरेका थिए। यही भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका प्रधानमन्त्री ओली शुक्रबार फर्केका हुन्।

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्