यस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था


 


काठमाडौं, भदौ २०
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि आज स्वेदश फर्कनु भएको छ । गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली त्यस तर्फ जानुभएको थियो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले आज एक विज्ञप्ती जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्नुभएको छ ।

डा. शाहले विज्ञप्तीमा जनाए अनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको छ । विज्ञप्तीमा भनिएको छ “ अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।”

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्