गृहमन्त्री रामबहादुर थापा र बङ्गलादेश राज्यमन्त्री एनामुर रहमानबीच भेटवार्ता


 


काठमाडौँ – १९ भदौ
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले भेटवार्ता गरेको छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बंगलादेश द्धिपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो
भेटमा गृहमन्त्री थापाले अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्ने बताए ।

गृहमन्त्री थापाले नेपालमा वि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पमा बंगलादेशको तर्फबाट भएको सहयोगका लागि बंगलादेशका मन्त्री रहमान र उनीमार्फत त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरे ।

उनले नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक अधिकांश कानुनहरुको तर्जुमा गरिसकेको तथा संघ, प्रदेश र स्थानिय तहको समन्वयमा विपद् व्यवस्थापनको काम भईरहेको जानकारी दिए ।

बंगलादेशमका मन्त्री रहमानले नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको कामहरु सिक्न लायक रहेको टिप्पणी गर्दै विपद्को क्षेत्रमा दुई देशको सहकार्य आवश्यक रहेको टिप्पणी गरे ।

उनले आफ्नो देशमा विशेषतः बाढी, चक्रवात, हुरीजस्ता प्राकृतिक विपद्का घटना बढी हुने गरेको जानकारी दिए । विश्व खाद्य कार्यक्रम बंगलादेशका देशिय निर्देशक रिचार्ड रेगनसमेत सहभागि भ्रमण दलले नेपालमा मानविय सहायता केन्द्र निर्माणको ढाँचा र त्यसको कार्यसञ्चालनबारे समेत अध्ययन गर्ने बताइएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्