नेपाली कांग्रेस: सरकार गम्भिर नभए आन्दोलन गर्न बाध्य हुनेछाै


 


काठमाडौँ —१८ भदाै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिले समसामयिक प्रस्ताव पारित गर्दै सरकार संविधानको मर्म र भावना, सुशासनको प्रत्याभूति र जनताका दैनिक सरोकारका विषयसँग सम्बन्धित विषयहरुमा गम्भिर नभए आन्दोलन गर्न बाध्य हुने बताएकाे छ ।

सरकार गठन भएको एक वर्षमा जनतामा चमर निराशा छाएको बताउँदै, अहिले देशमा संस्थागत भ्रष्टाचार, राज्य संरचनाहरुको दुरुपयोग र राजनीतिकरण, महंगी, हत्या, हिंसा, बलात्कार, असुरक्षा र अशान्ति सामान्य कुरो भएको बताएको छ । परराष्ट्र सम्बन्धमा नेपालको राष्ट्रिय आवश्यकता र स्वार्थहरुको सशक्त प्रतिनिधित्व गर्न नसक्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विश्वसनीयता खस्केका उक्त प्रस्तावमा उल्लेख छ ।

१७ बुँदे उक्त प्रस्तावमा सरकार आफैं संविधानको मर्म र मान्यतालाई उल्लंघन गर्ने क्रियाकलापमा सामेल भई जनताको लामो संघर्षपछि प्राप्त अधिकारहरु खोस्ने षडयन्त्र भइरहेको अभिव्यक्ति स्वयं उच्च नेतृत्वहरुबाट बारम्बार आइरहेको आरोप पनि लगाइएको छ । यस्तोमा वर्तमान सरकारको जनविरोधी क्रियाकलाप, संवैधानिक व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतालाई निस्तेज गर्ने प्रवृत्तिको विरुद्ध नेपाली कांग्रेसले संसद र संसद बाहिर अझ सशक्त बनाएर लाने बताएको छ ।
समसामयिक प्रस्ताव  हेर्न यहा क्लीक गर्नुहाेस
https://drive.google.com/file/d/1vV0ewp-Kiz9_ssoW-afvUd4c4NHbG6RW/view

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्