गगन थापाकाे सत्तारुढ नेकपालाइ प्रश्न ‘ किन प्रधानमन्त्री बा लाइ विश्राम लिन नभनेको ?’


 


काठमाडौँ १८ भदौ
प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी ओलीलाई विश्राम लिन किन भनेको भन्दै सत्तारुढ नेकपासँग प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले बहुमतमा रहेको नेकपा कम्युनिस्ट पार्टीले सजिलैसँग नयाँ प्रधानमन्त्री छान्न सक्ने स्थितिमा ओलीलाई विश्राम दिन नचाहेको भन्दै आश्चर्य प्रकट गरे ।
संसद्‌मा नेपाल कम्युनिस्ट पार्टीको बहुमत छ। सजिलैसँग नयाँ प्रधानमन्त्री छान्न सक्छ। १ सय १ प्रधानमन्त्री हुनुभएका व्यक्ति यो पार्टीमा हुनुहुन्छ। प्रधानमन्त्री हुन इच्छा राख्ने व्यक्तिहरु पनि हुनुहुन्छु, उनले भने, यस्तो बेलामा हामी विश्राम लिन किन चाहिरहेका छैनौं ?

आफूहरुले पनि विगतमा गल्ती गरेको भन्दै सांसद थापाले त्यस्तै अन्याय नगर्न आग्रह गरे। मैले धेरैपटक नेकपाका युवा नेताहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छु उनले भने, हामी हाम्रा बा बिरामी हुनुभएको भए के भन्थ्यौं। बा धपेडी नगर्नुस्। बा आराम गर्नुहोस्। बा विश्राम गर्नुहोस्। हामी हाम्रो बालाई त्यसो भन्छौं। प्रधानमन्त्री बालाई यसो भन्न किन सक्दैनौं ?

सांसद थापाले मुलुकको कार्यकारी प्रमुख एक पटक लामो समय देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीति मर्यादा जोखिममा पर्ने र शासकीय जिम्मेवारी पूरा नहुने भन्दै आपत्ति जनाए। दुई र तीन महिनामा १०, १२ दिन विदेश गएर टेलिप्रिजेन्टस्मार्फत मन्त्रीहरुको ब्रिफ्रीङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन सक्दैनु उनले भने। प्रतिपक्षी कांग्रेसले सिंगापुरबाट प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद्‌ बैठक चलाएको भन्दै विरोध गर्दै आएको छ।
प्रधानमन्त्रीले विदेशमा उपचार गरेबापत सरकारी कोषबाट खर्च नलिने विषयको कांग्रेसले स्वागत गरेको छ। तर, प्रधानमन्त्रीको उपचारको बारेमा सरकारले संसद्लाइ यथार्थ जानकारी नगराएको भन्दै सांसद थापाले असन्तुष्टि जनाए। जनताले आफ्ने प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा जान्न पाउनुपर्छ। मृर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्रीको इच्छाशक्ति, क्रियाशीलता, योगदान संसारको लागि नमुना बनोस् उनले भने।

प्रधानमन्त्री ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचार क्रममा नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरमा प्लाज्माफेरेसिस गराइरहेको छ । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आकलन गर्दै करिब डेढ महिनाअघि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया सुरु भएको हो ।

ओली भदौ ५ देखि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मृगौलाको उपचार गराइरहेका छन् ।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्