उच्च अदालतमा पुगे रवि लामिछाने


 


काठमाडौँ, १७ भदौ ।
जिल्ला अदालत चितवनको थुनछेक आदेशविरुद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने उच्च अदालत हेटौंडा पुगेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए ।

जिल्ला अदालत चितवनले गरेको आदेशमा पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने उल्लेख छ । यस्तै, विदेश जानुअघि जिल्ला अदालतको अनुमति लिनुपर्नेछ ।

लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका थिए । कँडेललाई ३ लाख धरौटीमा र कार्कीलाई साधारण तारेखमा रिहा गरिएको थियो ।

पत्रकार पुडासैनीले गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि उनले खिचेको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको उल्लेख गरेका थिए ।

लामिछाने, कँडेल र कार्कीलाई जिल्ला अदालत चितवनले असोज ५ गते तारेखमा बोलाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्